काठमाडौं: गायक सुशान्त केसीको ‘रिसाउने भए’ बोलको गीतलाई दर्शकले रुचाएका छन्। ६ दिनअघि रिलिज भएको गीत युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा आउन सफल भएको छ। गीत भने म्यूजिक ट्रेन्डिङको भने दोस्रो स्थानमा छ।
यस गीतमा शब्द, संगीत र स्वर सुशान्त केसीको नै रहेको छ। गीत सुशान्तले बुवाआमाको एनभर्सरी उपहार स्वरूप सार्वजनिक गरेका हुन्।
प्रेम सम्बन्धमा हुँदा रिसाउनेदेखि फकाउनेसम्मका कुरा समेटेको गीतलाई युवापुस्ताले निकै मन पराएका छन्। ६ दिनमा युट्युवमा १३ लाख २६ हजार पटक हेरिएको छ।
गीतको भिडियोमा मिरुना मगर, सरिता गिरी, मनसुन न्यौपाने, सुशान्त केसी, विशाल पहारी, समिर श्रेष्ठको देख्न सकिन्छ। अनुप सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा लबेस श्रेष्ठको छायाङ्कन रहेको छ।