PahiloPost

Jun 24, 2026 | १० असार २०८३

गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा एकै परिवारका दुई सहित तीन जनाको मृत्यु



पहिलोपोस्ट

गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा एकै परिवारका दुई सहित तीन जनाको मृत्यु

काठमाडौँः ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा गुडिरहेको जिपमा पहाड माथिबाट ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ।

डोजरले माटो मिलाउने क्रममा ढुङ्गा खसेको थियो। मृत्यु हुनेहरूमा दुई बालबालिका युवक कोइराला र युनिषा कोइराला एकै परिवारका रहेका छन्। अर्का मृतक भने हेमबहादुर मगर रहेको खुलेको छ।

सदरमुकाम आउँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा सवार रहेका ६ जनामध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डीएसपी गोविन्द काफ्लेले बताए। घाइतेमध्ये दुई जनालाई उपचारको लागि काठमाडौँ पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell