PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

'अर्ली इलेक्सन'को मान्यतामा एमाले अडिग छ, गठबन्धनले चुनावी कार्डमात्र फ्याँकेको हो : केपी ओली



पहिलोपोस्ट

'अर्ली इलेक्सन'को मान्यतामा एमाले अडिग छ, गठबन्धनले चुनावी कार्डमात्र फ्याँकेको हो : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले निर्वाचनको 'कार्ड'फालेको आक्षेप लगाएका छन्। आइतवार पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै ओलीले एमाले अर्ली इलेक्सनको मान्यतामा अडिग रहेको भए पनि सत्ता गठबन्धनले वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने भनेर राजनीतिक कार्ड मात्र फालेको बताएका हुन्।

'गठबन्धनका नेताहरुले वैशाखमै निर्वाचन गर्ने भनेर 'कार्ड' फालेका छन्। यो कुनै असल मनाशयले होइन,' स्थानीय तहको निर्वाचन पर धकेल्न खोजेको भन्दै ओलीले उल्लेख गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्ली इलेक्सनको प्रस्ताव गठबन्धनको बैठकमा गरेका थिए। एमालेले प्रचण्डको उक्त प्रस्तावमा आपत्ति जनाएको हो।

ओलीले आज प्रेस सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिएको भए पनि उनलाई कोभिड-१९ संक्रमण देखिएपछि विज्ञप्ति मार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले सरकारको ६ महिने कार्यकालले मुलुकलाई गम्भीर संकट तर्फ धकेलेको पुष्टि गरेको दावी पनि गरेका छन्। देशको वाह्य सम्बन्धमा गम्भीर असन्तुलन पैदा गराएको भन्दै ओलीले गठबन्धनको सरकारको चर्को आलोचना गरेका हुन्। उनले संक्रमणकालीन न्यायको विषय चाँडो टुंगो लगाउनुपर्ने, कोभिड-१९ संक्रमण रोक्न सरकारले पहल गर्नुपर्ने लगायतका विषय पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell