PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

निसास्सिएर भक्तपुरमा तीन महिने बालकको मृत्यु, दुई जनाको अवस्था गम्भीर



पहिलोपोस्ट

निसास्सिएर  भक्तपुरमा तीन महिने बालकको मृत्यु, दुई जनाको अवस्था गम्भीर

काठमाडौ : भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ।

भक्तपुर सूर्य विनायक नगरपालिका ४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिने छोराको मृत्यु भएको हो। शनिवार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

बिहान अबेरसम्म पनि नउठेकाले स्थानीयले र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा फेला पारेका थिए। तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको उपचारकै क्रममा आज बिहान तीन महिने बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, दुई जनाको अवस्था गम्भीर रहेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell