PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

सर्वोच्चको फैसलालाई लिएर ओलीको टिप्पणी : अदालतको फैसलाको 'गुन तिर्न' जनविरोधी काम



पहिलोपोस्ट

सर्वोच्चको फैसलालाई लिएर ओलीको टिप्पणी : अदालतको फैसलाको 'गुन तिर्न' जनविरोधी काम

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको अलोकतान्त्रिक कदमको परिणाम देखिन थालेको आरोप लगाएका छन्।

अदालतले राजनीतिक फैसला गरेकाले पाँच दलीय सरकार बनेको र त्यसको असर देखिन थालेको ओलीको आरोप छ। आइतवार विज्ञप्ति जारी गर्दै ओलीले अदालतको फैसलाको 'गुन तिर्न' जनविरोधी काम भइरहेको दावी गरेका छन्।

'अदालतले निश्चित व्यक्तिको स्वार्थपूर्तिका लागि राजनीतिक फैसला गरिदिने र त्यसबापत राजनीतिक नेताहरूले 'गुन तिर्ने' अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी क्रियाकलापको मूल्य मुलुकले चुकाउनुपरेको छ,' विज्ञप्तिमा भनिएको छ।

सत्ता पक्षकै कारण एमालेले संसद अवरोध गरिरहेको बताउँदै ओलीले संसदको अवरोध खुलाउन सरकारले पहल नगरेको आरोप लगाए। उनले सत्तापक्षको गलत मनसायका कारण राज्यको व्यवस्थापिका समेत अकर्मण्य अवस्थामा पुगेको जनाएका छन्।

'यहाँसम्म कि सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले गर्ने हाम्रो आफ्नै संसदीय अभ्यासलाई समेत उपेक्षा गरिएको छ,'ओलीको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell