PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जिल्ला प्रशासन कार्यालय पाल्पामा पनि अत्यावश्यक बाहेकका सेवा बन्द



पहिलोपोस्ट

जिल्ला प्रशासन कार्यालय पाल्पामा पनि अत्यावश्यक बाहेकका सेवा बन्द

बुटवल : जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सेवा हाललाई स्थगन गरेको छ।

कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार आइतवारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटो सहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्र बाहेकका सबै सेवा स्थगन गरिएको छ। 

पछिल्लो समय जिल्लामा कोरोना संक्रमण बढ्दो छ। कार्यालयमा हुने सेवाग्राहीको भिडले कोरोना थप फैलिन सक्ने उल्लेख गर्दै प्रशासनले सेवा बन्द गरेको हो।

सेवाग्रहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell