PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

देउवाको सम्बोधनमाथि ओलीको काउन्टर : दाताले दिने रकम समेत किन आएन?



पहिलोपोस्ट

देउवाको सम्बोधनमाथि ओलीको काउन्टर : दाताले दिने रकम समेत किन आएन?

काठमाडौं : नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम बाहेक प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै नयाँ काम नगरेको आरोप लगाएको छ।

गत शुक्रवार प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको ६ महिने कार्यकालबारे व्याख्या गरेका थिए। त्यसमा टिप्पणी गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार देउवा सरकराले कुनै नयाँ तथ्य प्रस्तुत नगरेको जनाए। 

'प्रधानमन्त्रीज्यूले शुक्रवारको सम्बोधनमा जवर्जस्ती विकासका आँकडा प्रस्तुत गर्न खोज्दा समेत पूर्ववर्ती सरकारका पालामा सुरू गरिएका केही परियोजनाबाहेक कुनै नयाँ तथ्याङ्कहरू प्रस्तुत गर्न सक्नु भएन,' ओलीले आइतवार विज्ञप्ति जारी गर्दै भनेका छन्।  

गठबन्धन टिकाउन सङ्घमा अनावश्यक संरचना निर्माण गरिएको पनि ओलीको आरोप छ। 

प्रदेशमा मन्त्रालयको संख्या अन्धाधुन्ध बढाएकाले  खर्च बृद्धि भई ३८.१५ प्रतिशत पुगेको ओलीको दावी छ। सरकारले विकास साझेदारको विश्वास समेत गुमाएको पनि ओलीले दावी गरेका छन्।

'आर्थिक वर्षको पहिलो ६ महिनासम्म विदेशी अनुदान शून्यप्रायः छ। विगतको सरकारको कार्यकालमा विश्व बैंक र एसियाली विकास बैंकबाट प्रतिवद्धता प्राप्त बजेटरी सहायता वापतको रकम समेत प्राप्त हुन सकेको छैन,' विज्ञप्तिमा भनिएको छ।

ठूला पूर्वाधार परियोजना कार्यान्वयनका लागि प्रतिवद्धता गरिएका सहायता रकम समेत प्राप्त हुन नसकेको एमालेको दावी छ। 

आगामी तीन वर्षभित्र देशका सबै स्थानीय तहका केन्द्रलाई प्रदेशका राजधानीसँग कालोपत्रे सडकले जोड्ने प्रयोजनका लागि चालु आर्थिक वर्षमा नेपाल सरकारका तर्फबाट बिनियोजित ८० करोडलाई २९ करोड झारिएको भन्दै ओलीले आक्रोश व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell