PahiloPost

Jun 24, 2026 | १० असार २०८३

आईसीसीको वर्ष २०२१को उत्कृष्ट खेलाडी पाकिस्तानका रिजवान, एसोसिएटतर्फ ओमनका जेसन मक्सुद



पहिलोपोस्ट

आईसीसीको वर्ष २०२१को उत्कृष्ट खेलाडी पाकिस्तानका रिजवान, एसोसिएटतर्फ ओमनका जेसन मक्सुद

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले पाकिस्तानका मोहम्मद रिजवानलाई वर्ष २०२१ को उत्कृष्ट खेलाडी घोषणा गरेको छ। २०२१ मा २९ खेलबाट १३२६ रन बनाएका पाकिस्तानी विकेटकिपर ब्याटर रिजवानले टी २० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए।

 

त्यस्तै एसोसिएट तर्फ ओमनका जेसन मक्सुद वर्ष खेलाडी बने। मिडल अर्डरमा ब्याटिङ गर्ने उनी बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट रहे। यो वर्ष १३ अन्तर्राष्ट्रिय खेलबाट ३१६ रन बनाएका उनले २१ विकेट लिए।

 

त्यस्तै एसोसिएट महिलातर्फ अस्ट्रियाकी एन्ड्रे माइ जेपेडा उत्कृष्ट बनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell