PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

बैतडीको सुर्नया नदी किनारमा एक युवकको शव फेला



रासस

बैतडीको सुर्नया नदी किनारमा एक युवकको शव फेला

बैतडी : बैतडीको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ। पाटन नगरपालिका-३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो।

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिए।

प्रहरी टोली घटनास्थलमा गएको छ। शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको धामीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell