PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पुलिसलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा



पहिलोपोस्ट

पुलिसलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा
फोटो : मनोज थापा

पोखराः मनाङ मर्स्याङ्दी क्लब २०औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो।

आइतबार पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई २-० गोलअन्तरले हराउँदै मनाङ सेमिफाइनल प्रवेश गरेको हो।

खेलमा पहिलो हाफ गोलरहित भएको थियो। दोस्रो हाफको ६४औँ मिनेटमा मनाङका तर्फबाट रुपेश केसीले गोल गर्दै अग्रता दिलाएका थिए।

त्यसपछि पुनः मनाङका अफिज ओलावालेले  ८७औँ मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाए। त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल मनाङले २-० ले आफ्नो पक्षमा पार्‍यो।

हारसँगै पुलिस प्रतियोगिताबाट बाहिरिएको छ।

फाइनल प्रवेशका लागि मनाङले अब त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीचको बिजेतासँग खेल्ने छ।

खेलमा म्यान अफ दि म्याच रुपेश चुनिएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell