PahiloPost

Jun 24, 2026 | १० असार २०८३

राष्ट्रिय महिला लिग स्थगित



पहिलोपोस्ट

राष्ट्रिय महिला लिग स्थगित
फाइल फोटो

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग स्थगित हुने जनाएको छ। कोभिड १९ को महामारीलाई कारण देखाउँदै एन्फाले अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गर्ने निर्णय गरेको जनाएको हो।

एन्फाको आयोजनामा माघ १५ गतेबाट लिग आयोजना गर्न लागिएको थियो। प्रतियोगितामा आठ टिम सम्मिलित हुने ब्यवस्था थियो। लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब तथा नगरपालिकाका टिमहरु विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell