PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

अनलाइन परीक्षा लिने त्रिविको तयारी, कार्यविधि तयार गर्न निर्देशन



पहिलोपोस्ट

अनलाइन परीक्षा लिने त्रिविको तयारी, कार्यविधि तयार गर्न निर्देशन
फाइल फोटो

काठमाडौँः त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट आन्तरिक मूल्याङ्कन र परीक्षाको ढाँचा तयार गर्न निर्देशन दिएको छ। सूचना जारी गर्दै विश्वविद्यालयले परीक्षाको कार्यविधि तयार गर्न मातहतका संस्थान र संकायलाई निर्देशन दिएको हो। 

विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थान र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानलाई यस्तो निर्देशन गरेको हो। 

त्रिविद्वारा सूचनामा भनिएको छ, ‘विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गर्ने गराउने। सबै अध्ययन संस्थान/संकायले अनलाइनको माध्यमबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्ने। त्यस्तो कार्यविधिमा आन्तरिक मूल्याङ्कन र अन्तिम परीक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गर्ने।’

सूचनामा चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतका परीक्षा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी सम्बन्धित संस्थानबाट निर्णय गरी सञ्चालन गर्न पनि उल्लेख गरिएको छ।

यस्तै, सूचनामा अनलाइन कक्षा सञ्चालन गर्न सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बढीमा ७ सदस्यीय समिति गठन गर्न पनि भनिएको छ। 

माघ १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाई सम्बन्धित डीन कार्यालयमा पठाउन सबै क्याम्पस तथा विभागहरुलाई त्रिविले सूचित गरेको छ। माघ ११ गतेदेखि सबै सैद्धान्तिक कक्षा अनलाइनबाट सञ्चालन गर्न पनि विश्वविद्यालयले सूचित गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell