काठमाडौं : नेपाली यात्रुहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न इक्याब नेपालले सेवा सुरु गरेको छ। सेवाग्राहीले डिजिटल माध्यमबाट पनि भुक्तानी गरेर सेवाको उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ।
मोबाइल एपबाट प्रयोगकर्ताले आफ्नै लागि मात्र नभई आफ्ना आफन्त तथा साथीभाइको लागि समेत सवारी बुकिङ गर्न सक्नेछन्। भविष्यका लागि समेत आफ्नो यात्राको तालिका निर्धारण गरेर क्याब बुकिङ गर्न सक्ने बताइएको छ।
नेपालभित्र रहेका प्रयोगकर्ता मात्र नभई विदेशमा रहेकाले समेत यो सेवा सहजरुपमा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ।
इन्टरनेटको पहुँच नभएको खण्डमा कम्पनीको कल सेन्टरमा फोन गरेर समेत सेवाग्राहीले सेवा लिन सक्ने व्यवस्था छ।
पासवर्डरहित यो एप प्रयोगका लागि २ तहको आधिकारिक प्रयोग विधि निर्धारण गरिएको छ। सुरक्षाका लागि यात्रुले चालकसँग यात्रा सुरु गर्नु अगाडि राइड भेरिफिकेसन कोड निश्चित गर्नुपर्नेछ। साथै, यात्राको क्रममा तपाई कहाँ हुनुहुन्छ भन्ने यहाँको साथी र परिवारलाई एसएमएस वा ईमेलबाट तत्काल जानकारी प्राप्त हुने जिकिर कम्पनीको छ।
यात्राको लागि लाग्ने शुल्क पूर्ण पारदर्शी रूपमा निर्धारण गरिएको र कुनै पनि किसिमको शुल्क नलुकाइएको दाबी कम्पनीको छ। यसका साथै इक्याबका प्रयोगकर्ताहरुका लागि लोयल्टी कार्यक्रम पनि रहेको बताइएको छ। जसअन्तर्गत लोकप्रिय स्थानमा जन्मदिन मनाउने वा पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रयोगकर्ताले ईक्याब नेपालका पार्टनर तथा हस्पिटालिटी सेन्टरहरुबाट समेत आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।