PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा बेल्जियममा जारी छ प्रदर्शन



पहिलोपोस्ट

कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा बेल्जियममा जारी छ प्रदर्शन

कोरोना भाइरसको ओमोक्रन भेरियन्ट नियन्त्रण र रोकथामका लागि बेल्जियम सरकारले लागू गरेको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन जारी छ। संक्रमण बढेसँगै सरकारले विभिन्न गतिविधिमा कडाइ गरेपछि दुई साताभन्दा बढी समयदेखि विरोध प्रदर्शन भइरहेको हो।

बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रसम्म पुगेर प्रदर्शनकारीले विरोध जनाएका छन्। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबिच झडपसमेत भएको थियो। प्रदर्शनकारीले बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डे क्रुको तस्विरमा नारा लेखेर र कोभिड पास प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

ओमोक्रन भेरियन्ट फैलिएसँगै युरोपियन राष्ट्रहरुले फेरि प्रतिबन्धहरु लागू गरेका थिए। यद्यपि, हाल फेरि प्रतिबन्धहरु फुकुवा गर्ने क्रम बढ्दो छ। प्रधानमन्त्री डे क्रुले पनि रेष्टुराँ र बार खोल्ने समय बढाउने घोषणा गरिसकेका छन्। तर नाइटक्लब लगायतका गतिविधिमाथि अझै प्रतिबन्ध कायमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell