PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

क्रिस्टल प्यालेसमाथि लिभरपुलको सहज जित



पहिलोपोस्ट

क्रिस्टल प्यालेसमाथि लिभरपुलको सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली प्यालेसमाथि १-३ गोलअन्तरले जित निकालेको हो।

खेलको ८ औं मिनेटमै भर्जिल भान डाइकको हेडर गोलमा लिभरपुलले खेलमा अग्रता बनाएको थियो। त्यस्तै एलेक्स अक्सलेड चेम्बरलेनले ३२ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा लिभरपुल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोलीका ओडसोन्नी एडुआर्डले गोल फर्काउँदै खेलमा प्यालेसलाई फर्काउन प्रयास गरे। तर, खेलमा फर्कन यो पर्याप्त रहेन। बरु ८९ औं मिनेटमा डिएगो जोटालाई लडाए पछि पाएको पेनाल्टीको अवसरमा फ्याबिन्होले गोल गर्दै जित सुनिश्चित गरे।

आजै सम्पन्न अर्को खेलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने लेस्टरसिटी र ब्राइटोन १-१ को बराबरीमा रोकिए।

जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंकुदुरी घटाएको छ। शीर्ष स्थानको सिटीले २३ खेलबाट ५७ अंक जोडेको छ भने दोस्रो स्थानको लिभरपुलले २२ खेलबाट ४८ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell