PahiloPost

Jul 3, 2024 | २० असार २०८१

एसियन कप: भारतीय टोलीमा फैलियो कोरोना संक्रमण, १३ जना खेलाडी जुटाउन नसक्दा ताइपेइसँगको खेल स्थगित



पहिलोपोस्ट

एसियन कप: भारतीय टोलीमा फैलियो कोरोना संक्रमण, १३ जना खेलाडी जुटाउन नसक्दा ताइपेइसँगको खेल स्थगित
Photo: Indian Football Team

एएफसी वुमन्स एसियन कप अन्तर्गत आज हुने भनिएको भारत र चाइनिज ताइपेइ बिचको खेल स्थगित भएको छ। एसियन फुटबल कन्फिडरेसन एएफसीका अनुसार भारतीय टोलीका अधिकांश खेलाडीमा कोभिड १९ संक्रमण देखिएको र टोलीले खेलका लागि  १३ जना खेलाडी पनि उपलब्ध गराउन असमर्थ भएकोले खेल रद्द गरिएको हो।

 

भारतमा जारी प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु भने पूर्वनिर्धारित तालिका अनुरुप नै हुने बताइएको छ।

भारतीय फुटबल फेडेरेसनका अध्यक्ष प्रफुल पटेलले उत्पन्न भएको अवस्थाबाट आफूमात्र नभइ देश नै दु:खी भएको उल्लेख गर्दै खेलाडीहरुको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेको ट्वीट गरेका छन्। उनले सुरक्षाका उपायहरु अपनाउँदा अपनाउँदै संसारको कुनै पनि बायोबबल शतप्रतिशत 'फुलप्रुफ' नहुने उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell