PahiloPost

Jun 24, 2026 | १० असार २०८३

चेल्सीको सहज जित



पहिलोपोस्ट

चेल्सीको सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले टोटेनहम हट्स्परमाथि जित निकालेको छ। स्टामफोर्डब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले २-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको दोस्रो मिनेटमै चेल्सीका कलुम हुडस ओडोइको पासमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो ५५ औं मिनेटमा थिआगो सिल्भाले गरे। म्यासन माउन्टले प्रहार गरेको फ्रिकिकलाई उनले हेडरमार्फत गोलको दिशा दिएका थिए।

जितसँगै चेल्सी शीर्ष लिगको शीर्ष तीनमा कायम छ। तेस्रो स्थानको चेल्सीले २४ खेलबाट ४७ अंक जोड्दा गएरातिको अर्को खेलमा क्रिस्टल प्यालेसलाई ३-१ ले हराएको लिभरपुल ४८ अंक जोडेर दोस्रो स्थानमा र ५७ अंक जोडेको म्यानचेस्टर सिटी शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell