PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पेटमा कैँची प्रहार गर्ने युवक समातिए



पहिलोपोस्ट

पेटमा कैँची प्रहार गर्ने युवक समातिए

काठमाडौँ ःकैँची प्रहार गरी हत्या गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले मोरङ घर भएका ३३ वर्षीय विनोद आचार्यलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए। माघ ९ गते दिउँसो सिन्धुपाल्चोक घर भएका २२ वर्षीय केशव तिम्सिनालाई धारिलो हतियार कैँची प्रहार गरेका थिए।

कैँची प्रहारबाट युवकको आन्द्रा बाहिर निस्किएको अवस्थामा काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएको थियो। अहिले वीर अस्पतालमा थप उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell