PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सवारी साधनमा जोरबिजोर प्रणाली, काठमाडौँ उपत्यकामा दैनिक ८ सय भन्दा बढी सवारी कारबाहीमा



पहिलोपोस्ट

सवारी साधनमा जोरबिजोर प्रणाली, काठमाडौँ उपत्यकामा दैनिक ८ सय भन्दा बढी सवारी कारबाहीमा

काठमाडौँ : सरकारले शनिवारबाट लागू गरेको काठमाडौँ उपत्यकाभित्र सवारीमा जोरबिजोर प्रणालीमा दैनिक ७ सयभन्दा बढी सवारी चालक कारबाहीमा पर्ने गरेका छन्।

आइतबार मात्र काठमाडौँ उपत्यकाभित्रका तीन वटै जिल्लमा ९ सय ३२ वटा सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ। देशभर कोरोना सङ्क्रमण फैलिएको भन्दै रोकथाम तथा नियन्त्रणको लागि सरकारले जोरबिजोर प्रणाली लागू गरेको छ।

यसरी नियन्त्रणमा रहेका सवारीमध्ये सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी साधन रहेका छन्। आइतबार ७ सय ९५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।सडकमा खटिएका ट्राफिक प्रहरीले अहिले पनि सडकमा चेकिङ प्वाइन्ट राखेर सवारी साधनको नम्बर प्लेट हेर्ने गरेका छन्।

पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र कोभिड १९ सङ्क्रमित थपिने दर उच्च नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell