PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दूतावास कर्मचारीका आफन्तलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन



पहिलोपोस्ट

दूतावास कर्मचारीका आफन्तलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन
GETTY IMAGES

संयुक्त राज्य अमेरिकाले युक्रेनमा रहेका दूतावासका कर्मचारीका आफन्तलाई त्यहाँबाट तत्काल बाहिरिन निर्देशन दिएको छ। बढ्दो तनावका बिच अमेरिकाले युक्रेन छाड्न भनेको हो। 

स्टेट डिपार्टमेन्टले अति आवश्यक बाहेकका कर्मचारीलाई युक्रेन छाड्न अनुमति दिएको छ। त्यहाँ रहका अमेरिकी नागरिकलाई पनि तत्काल देश छाड्न भनेको छ।  

युक्रेनमा रसियाली सेनाले आक्रमण गर्ने तयारी गरेको रिपोर्टलाई आधार मानेर अमेरिकाले यस्तो निर्देशन जारी गरेको हो। 

तर, रसियाले भने बारम्बार सैनिक हस्तक्षेपको विषयलाई नकार्दै आएको छ। 

अमेरिकाले युक्रेन र रसियाको यात्रा नगर्न आफ्ना नागरिकलाई चेतावनी पनि दिएको छ। अमेरिकी नागरिकमाथि दुर्व्यवहार हुनसक्ने भएकाले उसले यात्रा नगर्न भनेको हो।

स्टेट डिपार्टमेन्टले जारी गरेको ट्राभल एड्भाइजरीमा रसियाले युक्रेनमाथि सैन्य कारवाही गर्ने रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ। त्यस्तो अवस्थामा अमेरिकाले आफ्ना नागरिकहरुलाई उद्दार गर्ने सम्भावना नहुनसक्ने समेत चेतावनी दिइएको छ। 

अमेरिकी चेतावनीले युक्रेनको विषयमा थप कुटनीति क्षति बेहोर्नपर्ने अवस्था निम्तिन सक्ने पनि बताइएको छ। 

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले पनि युरोपमा नयाँ द्वन्द्वको स्थिति रहेको जनाएको छ। रसियाले १ लाख सैनिक ट्रुप युक्रेन सीमामा तैनाथ गरेको आधारमा नाटोले यस्तो धारणा सार्वजनिक गरेको हो। 

प्रतिरक्षाका लागि भन्दै अमेरिकाले उपलब्ध गराएको ९० टन हतियार सहितको घातक पदार्थ शनिवार मात्रै युक्रेन पुगेको छ। फ्रन्ट लाइन डिफेन्डर्सका लागि भन्दै उक्त हतियार उपलब्ध गराएको हो अमेरिकाले।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell