PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मिडियाले अतिरञ्जना गरेको बयानपछि रेणुकुमारी यादवले भनिन् : मेरो भनाइ कसैप्रति लक्षित छैन



पहिलोपोस्ट

मिडियाले अतिरञ्जना गरेको बयानपछि रेणुकुमारी यादवले भनिन् : मेरो भनाइ कसैप्रति लक्षित छैन

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको बताएकी छिन्।

विज्ञप्ति मार्फत् उनले भ्रम पर्न गएकोमा दुःख व्यक्त गरेकी छिन। 'यसलाई सामान्य रुपमा लिन अनुरोध गर्छु,' उनले भनेकी छिन्। आगामी दिनमा यसप्रति सचेत रहने पनि उनले बताएकी छिन्।

यसअघि उनले मिडियाले आफ्नो भनाईले तोडमरोड गरेको अभिव्यक्ति दिएकी थिइन्। गौर हत्याकाण्डजस्तै हिंसात्मक गतिविधि गरेर सीके राउत समूहलाई सक्काउने धम्की दिएकी थिइन् उनले।

उनले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको दावी गरेकी छिन्। वक्तव्यलाई अत्तिरञ्चित नगर्न भनेकी छिन् उनले।

जनता समाजवादी पार्टीको भातृसङ्गठन समाजवादी युवा सङ्घले रौतहटस्थित गौरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा उनको हिंसाप्रेरित अभिव्यक्ति आएको थियो।

उनले विज्ञप्तिमा उक्त अभिव्यक्ति कसैप्रति लक्षित नभएको दावी गरेकी छिन्। कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन बोलेको उनको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell