PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ओलम्पिकअघि नयाँ संक्रमितहरु देखिन थालेपछि बेइजिङमा ‘मास टेस्टिङ’ गरिँदै



पहिलोपोस्ट

ओलम्पिकअघि नयाँ संक्रमितहरु देखिन थालेपछि बेइजिङमा ‘मास टेस्टिङ’ गरिँदै
Photo: EPA

बेइजिङको स्थानीय सरकारले कोभिड-१९ विरुद्ध ‘मास टेस्टिङ’ गर्न शुरु गरेको छ। विन्टर ओलम्पिक गेम्स शुरु हुन दुई हप्ताभन्दा कम समय बाँकी रहँदा कोरोना भाइरसका नयाँ संक्रमितहरु देखिन थालेपछि बेइजिङमा ‘मास टेस्टिङ’ गर्न शुरु गरेको हो

शहरमा कोभिड-१९ का नयाँ स्थानीय संक्रमण देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो उपाय अवलम्बन गरिएको बताइएको छ। नेसनल हेल्थ कमिसन (एनएचसी)ले आइतवार बताए अनुसार बेइजिङ २२ जनवरीमा ९ स्थानीय संक्रमण देखिएको थियो, जसमध्ये ६ वटा केस फङ्थाई जिल्लाका थिए।

फङ्थाईमा सबै नागरिकहरूको कोभिड परीक्षण गरिने जिल्ला स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

त्यहाँका अधिकारीहरुले फङ्थाईको छिमेकी जिल्लासहित ‘जोखिमपूर्ण क्षेत्र’का बासिन्दाहरुलाई शहर नछाड्न आदेश दिएको स्थानीय सरकारका प्रवक्ताले आइतवार प्रेस कन्फ्रेन्समा बताए। उनले फङ्थाईका बासिन्दाहरुलाई भेला तथा सभा समारोहमा सहभागी नहुन समेत भनिएको बताए।

त्यस्तै, त्यहाँका अधिकारीहरुले विज्ञप्ति जारी गर्दै कोभिडको जस्तै लक्षण देखिएमा परीक्षण गर्न समेत शहरबासीहरुलाई आग्रह गरेका छन्। ओमिक्रोन भेरियन्टको पहिलो केस क्यानाडाबाट आएको प्याकेजमार्फत बेइजिङ आइपुगेको हुन सक्ने अधिकारीहरुको आशंका छ।

मेनल्यान्ड चीनमा शनिवार ५६ नयाँ कोभिड केस देखिएको थियो, जुन एक दिन अघिको ६३ बाट घटेको एनएचसीले बताएको छ। नयाँ केसहरूमध्ये १९ स्थानीय संक्रमण थिए, त्यसको एक दिन अघि २३ स्थानीय संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell