PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

चिकित्सक संघबाट कोभिड १९ संक्रमितलाई परामर्श सेवा सुरु हुँदै



पहिलोपोस्ट

चिकित्सक संघबाट कोभिड १९ संक्रमितलाई परामर्श सेवा सुरु हुँदै

काठमाडौं : कोरोना भाइरस संक्रमितका लागि नेपाल चिकित्सक संघले कल सेन्टर सञ्चालन गर्ने भएको छ। भोलिदेखि सुरु हुने कल सेन्टरबाट संक्रमितहरुले परामर्श लिन सक्नेछन्।

'कोभिड १९ को तेस्रो लहर व्यापक रुपमा बढ्दै गइरहेकाले सम्पूर्ण सर्वसाधारण नागरिकहरुलाई पर्नसक्ने स्वास्थ्य सम्बन्धि समस्याका लागि नेपाल चिकित्सक संघको ११५६ नम्बरको कल सेन्टरमा सम्पर्क राखी आवश्यक परामर्श लिनुहुन हार्दिक अपिल गर्दछु,' संघका महासचिव डा बद्री रिजालले जारी गरेको सूचनामा भनिएको छ।

संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा कल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो। बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म कल सेन्टरबाट परामर्श दिइने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell