PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल आइपुग्यो मरिससको राष्ट्रिय फुटबल टोली

नेपाल आइपुग्यो मरिससको राष्ट्रिय फुटबल टोली

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मरिससको राष्ट्रिय फुटबल टोली आज काठमाडौं आइपुगेको छ। नेपालसँग दुई मैत्रीपुर्ण खेल खेल्न मरिससको राष्ट्रिय टोली आज काठमाडौं आइपुगेको हो।

नेपाल र मरिससबीच माघ १५ र १८ गते दुई खेल हुनेछ।

फिफा वरीयताका हिसाबले मरिसस नेपाल भन्दा पछाडि छ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ।

पछिल्लो समय २०२० मा बंगबन्धु गोल्डकपमा सहभागी भएको मरिससको पछिल्ला प्रदर्शनहरु खासै उत्कृष्ट छैन। बंगबन्धु २०२० को समूह बी मा रहेको मरिससले बुरुन्डीसँग १-४ गोलअन्तरको पराजय र सेनेगलसँग २-२ को बराबरी खेलेको थियो। मरिसस जितको खडेरी तोड्न चाहन्छ।

अर्कोतर्फ पछिल्लो समय नेपालले घरेलु मैदानमा सेप्टेम्बर २ र ५ मा भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिप खेलेको थियो। जसमा पहिलो पटक साफको उपविजेता बनेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell