PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो



पहिलोपोस्ट

बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो
सैन्य अभ्यासमा युक्रेनका नागरिक। GETTY IMAGES

रुसको सेना परिचालन हुनसक्ने भन्दै बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको हो।

कुनै पनि समय रसियन सेनाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले पनि दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न निर्देशन दिइसकेको छ। अत्यावश्यक बाहेकका कर्मचारीलाई अमेरिकाले फिर्ता बोलाएको हो। अहिलेसम्म युरोपेली संघका स्टाफ भने त्यही छन्।

रसियाले बारम्बार सैनिक हस्तक्षेपको विषयलाई नकार्दै आएको छ। तर दशौं हजार रसियन सेना सीमामा तैनाथ गरिएको बीबीसीले जनाएको छ।
दूतावासहरुले सम्भावित जोखिमबाट बच्नका लागि यस्तो कदम चालेको हो। अमेरिकाले त युक्रेन र रसिया दुवै देशको यात्रा नगर्न भनिसकेको छ। 

युक्रेनले भने अमेरिकी कदमलाई हतारको बताएको छ। युरोपेली युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलले घटनालाई नाटकीय बनाउन नचाहेको प्रतिक्रिया दिएका छन्। 'कुनै प्रष्ट आधार नपाउँदै हामी अरुले गरेको जस्तो निर्णय गर्दैनौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell