PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आहा रारा गोल्डकप: मछिन्द्र पहिलोपटक सेमिफाइनलमा



पहिलोपोस्ट

आहा रारा गोल्डकप: मछिन्द्र पहिलोपटक सेमिफाइनलमा

पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा १९ औं संस्करणको गोल्डकप उपाधि चुमेको संकटा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै मछिन्द्र सेमिफाइनलमा पुगेको हो।

खेलको १३ औं मिनेटमा नै मछिन्द्रले अग्रता लिएको थियो। मछिन्द्रका तर्फबाट उत्सव राईले गोल गर्दै खेलमा सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफको दोस्रो मिनेटमै मेसुके ओलोमोउले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए। ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीबाट खेलेका उनले ४७ औं मिनेटमा मछिन्द्रका लागि गोल गरेका थिए।

यता संकटाका गणेश हमालले खेलको ६३ औं मिनेटमा गोल फर्काउन सफल बनेका थिए। त्यसपछि खेलको ८४ औं मिनेटमा मछिन्द्रका तर्फबाट अभिषेक गुरुङले एक गोल गरेका थिए। त्यसको दुई मिनेट नबित्दै मेसुकेले नै अर्को गोल थप्दा मछिन्द्रले ४-१ को गोल अन्तरले जित निकाल्न सफल भयो। खेलमा म्यान अफ दि म्याच मेसुके चुनिएका छन्।

आजको हारसंगै यसअघिको विजेता संकटा क्वाटरफाइनलबाट बाहिरिएको छ। यता पहिलोपटक सेमिफाइनल प्रवेश गरेको मछिन्द्रले अब एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell