PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

११ किलोमिटर घुम्दा पनि पूर्व मन्त्री गुप्ताले पाएनन् सिटामोल



पहिलोपोस्ट

११ किलोमिटर घुम्दा पनि पूर्व मन्त्री गुप्ताले पाएनन् सिटामोल

काठमाडौं : पूर्व मन्त्री जेपी गुप्ताले ११ किलोमिटर चक्कर लगाउँदा पनि सिटामोल पाउन नसकेको गुनासो गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरेका छन्।

प्रम देउवाले स्थिति सुध्रिँदै छ भने पनि सिटामोल नपाएको भन्दै उनले सबैको मन आत्तिएको टिप्पणी गरेका छन्। सक्रिय राजनीतिबाट टाढा रहेर कृषिकर्ममा सक्रिय रहेका गुप्ताले ट्विटमा प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै पीडा अभिव्यक्त गरेका हुन्।

'शेरबहादुरजी!  जी! तपाई पुँजीगत खर्च, विप्रेषण आप्रवाह, शोधनान्तर, विनिमय संचिति आदि बुझ्न झंझटिलो कुराहरू गरेर “स्थिति सुध्रिँदै छ। न आत्तिनु” भनिरहनु भएको छ,' गुप्ताले लेखेका छन्, 'म स्वयं आज मेरो ठाममा ११ किमीको चक्कर लाउँदा सिटामोल पाइन। तपाई उपर भरोसा राख्दा-राख्दै सबैको मन सारै आत्तिएको छ!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell