PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

स्टेडियममा भएको भागदौडमा ८ जनाको मृत्यु, ४० जना भन्दा बढी घाइते



पहिलोपोस्ट

स्टेडियममा भएको भागदौडमा ८ जनाको मृत्यु, ४० जना भन्दा बढी घाइते

अफ्रिकन कप अफ नेशन्स अन्तर्गतको सोमवारको क्वाटरफाइनल म्याचपछि भागदौड मच्चिदा ८ जनाको मृत्यु र कम्तीमा ४० जना भन्दा बढी घाइते भएका छन्। क्वाटरफाइनलमा आयोजक क्यामरुन छनोट भएपछि स्टेडियम बाहिर यो घटना भएको हो।

भिडियो फोटेजमा ओलेम्बे स्टेडियममा ठूलो भीडले प्रवेश गर्न कोशिष गरेको देखिन्छ। ६० हजार क्षमताको स्टेडियममा कोभिड १९ को मापदण्ड अनुसार ६० देखि ८० प्रशिशत दर्शकलाई मात्र प्रवेश गराइएको थियो।

'स्टेडियम बाहिर भागदौड मच्चिएपछि यो घटना भएको थियो। यो दुखद घटनाको क्षतिको बारेमा विवरण आउन बाँकी छ,' आयोजक कमिटीका प्रवक्ता एबेल बेनगुइको हवाला हिँदै एएफपीले लेखेको छ।

 

भीडबाट मच्चिएका घटना

यसअघि पनि भीडले गर्दा रंगशालामा यस्ता घटनाहरु हुने गरेका छन्। सन् २०१५ मा इजिप्टको राजधानी कायरोमा जारी एउटा खेलमा स्टेडियममा प्रवेश गर्न खोज्दा प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। त्यसपछि मच्चिएको भागदौडमा १९ जनाको निधन भएको थियो।

त्यस्तै अप्रिल २००१ मा साउथ अफ्रिकका जोहानेस बर्गमा एउटा खेलको क्रममा मच्चिएको भागदौडमा ४३ जनाको निधन भएको थियो।

त्यस्तै १९९६ मा विश्वकप क्वालिफायर्सअन्तर्गत गुवाटेमाला र कोस्टारिकाबीचको विश्वकप छनोटको खेलमा भरि स्टेडियममा भागदौड मच्चिँदा ९० जनाको मृत्यु भएको थियो।

नेपालमा पनि मच्चिएको थियो भागदौड

नेपालमा पनि दशरथ रंगशालामा भागदौड मच्चिँदा ठूलो मानवीय क्षति भएको थियो। विस २०४४ साल फागुन २९ गते जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच फुटबल खेल चलिरहँदा अचानक ठूलो हुरी र पानी पर्‍यो। जसमा भागदौड मच्चिँदा च्यापिएर ९३ जनाको निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell