PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकाले युक्रेनका लागि हाइ अलर्टमा राख्यो ८५ सय सैनिक ट्रुप



पहिलोपोस्ट

अमेरिकाले युक्रेनका लागि हाइ अलर्टमा राख्यो ८५ सय सैनिक ट्रुप
AFP/GETTY IMAGES

युक्रेनमा बढ्दो तनावका बिच संयुक्त राज्य अमेरिकाले करिब ८ हजार ५ सय सैनिक दस्तालाई हाइ अलर्टमा राखेको छ। कुनै पनि बेला परिचालन गर्नका लागि उनीहरुलाई हाइ अलर्टमा राखिएको पेन्टागनले जनाएको छ।

युक्रेन सीमामा १ लाखको हाराहारीमा सैनिक तैनाथ गरे पनि रसियाले हस्तक्षेपको तयारी गरेको विषयलाई नकार्दै आएको छ। 

यसैबिच राष्ट्रपति जे बाइडेनले युरोपेली अलाइन्ससँग भिडियो कल गरेका छन्। रुसविरुद्ध रणनीति बनाउनका लागि उनले यस्तो कल गरेका हुन्।

पेन्टागनले अझैसम्म पनि सैनिक ट्रुप परिचालनको कुनै निर्णय भइनसकेको जनाएको छ।

'यो त्यतिखेर मात्र हुनेछ जब नाटोले आफ्नो सैन्य अलाइन्सलाई प्रतिकारका लागि पठाउने निर्णय गर्नेछ अथवा फरकखाले अवस्था सिर्जना भयो भनेमात्र ट्रुप परिचालन हुन्छ,' पेन्टागनका प्रेस सेक्रेटरी जोन किर्वेले भने। 

उनले युक्रेनमा सोझै सेना पठाउने कुनै तयारी नभएको पनि प्रष्ट्याएका छन्।

डेनमार्क, स्पेन, फ्रान्स, नेदरल्यान्ड्स लगायतका केही नाटोका सदस्य राष्ट्रहरुले फाइटर जेट र वारसीप पूर्वी युरोप पठाउने तयारी गरिसकेका छन् क्षेत्रीय सुरक्षाका लागि भन्दै।

गएको सप्तान्तमा अमेरिकाले ९० टनको हाराहारीमा हतियार र विष्फोटक पदार्थ युक्रेन पठाइसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell