PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

जटिल मोडमा चीन-अमेरिका सम्बन्ध : चिनियाँ सेनाको 'इन्टेलिजेन्स रिपोर्ट' तयार पार्ने अमेरिकाले आह्वान गर्‍यो टेन्डर



पहिलोपोस्ट

जटिल मोडमा चीन-अमेरिका सम्बन्ध : चिनियाँ सेनाको 'इन्टेलिजेन्स रिपोर्ट' तयार पार्ने अमेरिकाले आह्वान गर्‍यो टेन्डर
Hyungwon Kang/Reuters

अमेरिकाले चीनको सैन्य शक्तिको बारेमा अध्ययन गर्ने योजनालाई अगाडि बढाएको छ। पछिल्लो समय चीनसँगको सम्बन्ध खराब अवस्थामा पुगिरहेको अवस्थामा सैन्य तयारीका लागि अमेरिकाले चिनियाँ सेनाको कमी कमजोरी र सामर्थ्यको बारेमा अध्ययन गर्न लागेको हो।

पछिल्लो समय ताइवानको विषयलाई लिएर दुई देशबिच कुटनीतिक टकराव बढ्दै गएको छ। चिनियाँ जनमुक्ति सेनाका लडाकु विमानहरु ताइवानको आकाशमा प्रवेश गर्दै आएका छन्। अमेरिकाले यसको विरोध गर्दै आएको छ।

यसबिच सोमवारमात्र अमेरिकी विदेश मन्त्री एन्टोनियो ब्लिङ्कनले चीनका पछिल्ला गतिविधिहरु उक्साहटपूर्ण रहेको भन्दै यस्ता गतिविधिले दुवै देशको सम्बन्ध थप जटिल बन्ने टिप्पणी गरेका छन्।

उनले चीनका यस्ता गतिविधि नरोके अमेरिकी सरकारको पहलमा संसदबाटै कडा कदम चालिने चेतावनी दिएका छन्।

अमेरिकी संसदको युएस-चाइना इकोनोमिक एण्ड सेक्युरिटी कमिसन (युएससीसी)ले चिनियाँ जनमुक्ति सेनाको जनसांख्यिक (डेमोग्राफिक) अध्ययनका लागि टेन्टर प्रस्ताव नै आह्वान गरेको छ।

अमेरिका चीन बिचको आर्थिक तथा सुरक्षा सम्बन्धका विषयमा वार्षिक रुपमा  प्रतिवेदन सार्वजनिक गर्दै आएको अमेरिकी संसदको आयोगले चिनियाँ सेनाको सामर्थ्य, सेनामा भर्ना हुनेको जनसांख्यिक विवरण, पीएलएका जवानको क्षमताका विषयमा अध्ययन गर्नका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै टेन्डर प्रस्ताव आह्वान गरेको हो।

'के चिनियाँ नेताहरु पीएलए आर्मी, पीएलए नेभी, पीएलए एयरफोर्स र अन्य सेवाका जवानबिचको व्यक्तिगत गुणको भिन्नताका बारेमा जानकार छन्?' अमेरिकाले आह्वान गरेको अध्ययन प्रस्तावको प्रमुख प्रश्नको रुपमा रहेको छ।

त्यस्तै, २०१५ यता पीएलएको जनसांख्यिक चुनौतीहरु केके हुन् जसलाइ उनीहरुले सम्बोधन गर्ने प्रयास गरिरहेका छन्? लगायतका मुख्य ६ वटा प्रश्नहरुको जवाफ रिपोर्टले सम्बोधन गर्नुपर्ने प्रस्ताव आह्वानसम्बन्धि सूचनामा भनिएको छ।

रिपोर्टमा सारंश, प्रमुख उपलब्धिहरु, अमेरिकी कंग्रेसका लागि सिफारिसहरु समावेश गर्नुपर्ने छ।

अमेरिकी संसदको क्षेत्राधिकारभित्र रहेर अध्ययन गर्नुपर्ने छ। सन २००२ को अक्टोवरमा संसदीय अधिकारसहित चीन सँगको सम्बन्धमा आधारित रहेर राष्ट्रिय सुरक्षा, द्वीपक्षीय व्यापारको अनुगमन, अनुसन्धान गरी वार्षिक प्रतिवेदन संसदलाई बुझाउने गरी आयोग गठन भएको थियो।

पीएलएको सैन्य योजना, रणनीति र सिद्धान्तहरु, संगठन र संरचान, पीएलएको निर्णय प्रक्रिया, चिनियाँ जनता र पीएलएबिचको जनसम्बन्ध, पीएलए अधिकारीहरुको विकास वृद्धि तथा बढुवा, परिचालन, स्रोतको उपलब्धता, फौजको आधुनिकीकरणको उद्देश्य, ट्रेन्ड, यसको अमेरिकी राष्ट्रिय सुरक्षामा पार्ने प्रभावका बारेमा अध्ययन केन्द्रित हुनेछ।

अमेरिकाको प्रस्तावित अध्ययन टेन्डरले पीएलए विरुद्ध गुप्तचरहरुको भर्ती गर्नेमा केन्द्रित रहेको चिनियाँ सैन्य विश्लेषकहरुले बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

'यो सूचना प्राप्त गर्ने तल्लो तहको चाल हो,' बेइजिङस्थित युआन वाङ मिलिटरी साइन्स एण्ड टेक्नोलोजी इन्स्टिच्युटका अनुसन्धानकर्ता च्वोउ चनमिङले एससीएमपीसँग भनेका छन्, 'अमेरिकाका लागि पीएलएको बारेमा बुझ्ने एकमात्र उत्तम बाटो भनेको चिनियाँ समकक्षीसँग सञ्चार सुधार हो।'

सैन्यविद् तथा पीएलएका पूर्व प्रशिक्षक सोङ झोङपिङले अमेरिकाले आफ्ना गठबन्धनहरुलाई पीएलएको गुप्तचरी गराउने प्रयास गरिरहेको बताएका छन्। यसले चिनियाँ राष्ट्रको गोपनीयता उल्लंघन हुनसक्ने चुनौती रहेको बताए। चीनलाई आफ्नो सैन्य सूचनालाई थप कडाई गर्न वाध्य पार्नेसमेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell