PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

१ हजार २ सय ९४ जना प्रहरी सङ्क्रमित



पहिलोपोस्ट

१ हजार २ सय ९४ जना प्रहरी सङ्क्रमित

काठमाडौंः अहिले दैनिक १० हजारको सङ्ख्यामा कोरोना सङ्क्रमितहरू थपिइरहेका छन्।

फ्रन्ट लाइनमा खटिने प्रहरी, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतलाई पनि कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ। अहिलेसम्म नेपाल प्रहरीमा कार्यरत १२ सय ९४ जनालाई कोरोना सङ्क्रमण भइसकेको छ। यसरी सङ्क्रमण भएका मध्ये ९० प्रतिशत होम आइसोलेसनमा नै रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए।

त्यस्तै, काठमाडौं प्रहरी परिसरमा ९२ जना प्रहरी सङ्क्रमित रहेका छन्। काठमाडौं अन्तर्गतका १४ वटा वृत्तमा गरेर ९२ जनालाई सङ्क्रमण पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell