PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

गंगुबाईमा आलियाको अभिनय, शवाना आजमीको अभिनय बिर्साउने!



पहिलोपोस्ट

गंगुबाईमा आलियाको अभिनय, शवाना आजमीको अभिनय बिर्साउने!

आलिया भट्टलाई लाग्छ - अहिलेसम्मकै दमदार अभिनय उनले गंगुबाई काठिवाडीमा गर्न सकेकी छिन्। भन्साली प्रोडक्सन स्रोतलाई उदृत गर्दै बलिउड हंगामाले जनाएअनुसार उनले आफ्नो अभिनयबाट अत्याधिक गौरवान्वित महसुस गरेकी छिन्। सञ्जयलीला भन्सालीको यो फिल्मका लागि उनले यति मेहनत गरिन् कि त्यसका लागि अरु कुनै पनि प्रोजेक्टले प्राथमिकता पाएन।

'फिल्मका दुई सिक्वेन्समा उनले बेजोड अभिनय गरिन्, श्याम बेनेगलको अंकुरमा शवाना आजमीले जसरी अभिनय गरेकी थिइन् त्यस्तै थियो उनको। फिल्ममा उनले ग्लिसिरिन प्रयोग गर्न परेन। सुट सकिँदा पनि उनका आँखाबाट आँशु झरिरहेको थियो,' सुटिङ युनिट स्रोतले भन्यो।

त्यसो त निर्देशक भन्सालीले आलियाको अभिनयलाई शवाना आजमीको अभिनयसँग तुलना गरिसकेका छन् सार्वजनिक रुपमा। महेश भट्ट निर्देशित फिल्म 'अर्थ'मा शवानाले जस्तो अभिनय गरेकी छिन् त्यसैसँग भन्सालीले आलियाको तुलना गरेका थिए। 

के यति बलियो अभिनय गरेको भए गंगुबाईबाट आलियाले नेसनल अवार्ड हात पार्छिन् त? त्यो भने हेर्न बाँकी छ।  

२०२० को सेप्टेम्बर ११ मा रिलिज डेट तोकिए पनि कोभिड १९ संक्रमणका कारण यो फिल्म रिलिज हुन सकेको छैन। ७२ औं बर्लिन फिल्म फेस्टिबलमा यो फिल्मको वर्ल्ड प्रिमियर हुँदैछ - फेब्रुअर १० देखि २०मा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell