काठमाडौं : नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनल द्वारा जारी गरिएको भ्रष्टाचार अवधारणा सूचकांक-२०२१ मा ११७ औं स्थानमा रहेको छ। टीआईले जारी गरेको १८० देशको सूचकांकमा नेपाल ३३ अङ्क प्राप्त गरी ११७ औं स्थानमा परेको हो।
सूचकांकले विश्वभरि नै भ्रष्टाचार विरोधी प्रयासमा भएको शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेको जनाएको छ। कोभिड–१९ सम्बन्धी क्रियाकलापले पनि यस कुरालाई प्रशय दिएको दाबी सूचकांकले गरेको छ। सूचकांकले ८६ प्रतिशत देशहरुले पछिल्लो एक दशकसम्म पनि भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति हासिल नगरेको देखाएको छ।
टीआईले सार्वजनिक गरेको सूचकांकमा नेपालले अघिल्लो वर्ष भन्दा प्रगति हासिल गर्न सकेन। अघिल्लो वर्ष २०२० मा पनि नेपाल ३३ अंकका साथ ११७ औं स्थानमा थियो।
विगत १ वर्ष (सन् २०२०/२१) मा विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा सीपीआई २०२१ मा नेपाललाई १०० मा ३३ अङ्क (११७ औं स्थान) दिइएको हो। पछिल्लो सूचकांक हेर्दा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको छ। अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन सकेको देखिँदैन। सन् २०१९ मानेपाल ३४ अंकका साथ ११३औं स्थानमा थियो।
सीपीआई २०२१ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये पाँचौं स्थानमा छ। भ्रष्टाचार सूचकांकमा नेपाल भन्दा अगाडि दक्षिण एसियामा भुटान ६८ अङ्कसहित २५, मालदिभ्स ४० अङ्कसहित ८५, भारत ४० अङ्कसहित ८५ र श्रीलङ्का ३७ अङ्कसहित १०२ औं स्थान छ। ११७ औं स्थानमा रहेको नेपाल पछाडि पाकिस्तान २८ अङ्कसहित १४०, बङ्गलादेश २६ अङ्कसहित १४७ र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७४ औं स्थानमा छ।
छिमेकी मुलुक चीन ४५ अङ्क प्राप्त गरी ६६ औं स्थानमा रहेको छ।
यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा आफूलाई उभ्याएका छन्। त्यस्तै दक्षिण सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ।
यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ। टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ। सीपीआई २०२१ मा दुईतिहाई मुलुकले ५० भन्दा कम अंक (स्कोर) प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकका रुपमा रहेका छन्। यस वर्षको औसत स्कोर ४३ रहेको छ। पछिल्लो दशकमा १५४ देशको स्कोर बढ्न नसकेको वा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति नभएको देखिएको छ।
सीपीआईका पुरक सर्वेक्षणहरूमध्ये विश्व बैङ्कले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम-कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ। वर्ल्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्भेक्षण गरेको छ।
त्यस्तै ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ। बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ। वर्ल्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको छ भने भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) ले राजनीतिक भ्रष्टाचार अन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिका सम्बन्धित भ्रष्टाचारको व्यापकता जस्ता विषयमा सर्वेक्षण गरेको छ।
सीपीआई २०२१ मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी हुनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनु जस्ता समस्या यथावत रहेकोदेखाएको छ। त्यस्तै, टीआईले सार्वजनिक पदाधिकारीमाथि प्रश्न, अन्तरदेशिय भ्रष्टाचार नियन्त्रण, शक्ति नियन्त्रण र सरकारी खर्चको पारदर्शिता बढाउन सुझाव दिएको छ।
सीपीआई २०२१ मा नेपालको स्कोरका लागि प्रयोग भएका पूरक तथ्याङ्क र सम्बद्ध संस्था
वर्ष |
विश्व बैङ्क |
वल्ड इकोनोमिक फोरम |
ग्लोबल इनसाइट |
बर्टेल्सम्यान फाउन्डेसन |
वर्ल्ड जस्टिस प्रोजेक्ट |
भीडीईएम |
सीपीआई स्कोर |
२०२१ |
३५ |
३४ |
३५ |
३३ |
३२ |
३० |
३३ |
२०२० |
३५ |
४० |
३५ |
२९ |
३२ |
२९ |
३३ |
२०१९ |
३५ |
४० |
३५ |
२९ |
३५ |
२९ |
३४ |
२०१८ |
३५ |
३३ |
३५ |
२५ |
३२ |
२५ |
३१ |
२०१७ |
३५ |
३४ |
३५ |
२५ |
३२ |
२५ |
३१ |
२०१६ |
३५ |
२६ |
३४ |
२४ |
३१ |
२१ |
२९ |
२०१५ |
३५ |
३३ |
२२ |
२३ |
२४ |
– |
२७ |
२०१४ |
३५ |
३१ |
२२ |
२८ |
३१ |
– |
२९ |
२०१३ |
३५ |
२८ |
३२ |
२८ |
३२ |
– |
३१ |
२०१२ |
३५ |
२७ |
२२ |
२३ |
३१ |
– |
|