PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कर्णालीका मुख्यमन्त्री शाहीलाई किन भनिँदैछ गरिव प्रदेशको ‘गरिव नेता’, सम्पत्ति विवरणले उठाएको तरङ्ग



पी बी खड्का

कर्णालीका मुख्यमन्त्री शाहीलाई किन भनिँदैछ गरिव प्रदेशको ‘गरिव नेता’, सम्पत्ति विवरणले उठाएको तरङ्ग

सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि जीवनबहादुर शाहीले ढिला गरेरै भए पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गएको कात्तिक १५ गते मुख्यमन्त्री पद सम्हालेका शाही ‘मन्त्रिपरिषद्का सदस्यहरुको आचारसंहिता-२०७४’को व्यवस्था अनुसार सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै गरिव प्रदेशको ‘गरिव नेता’ भनेर व्यङ्ग्य गर्दै आलोचना गर्न थालिएको छ। सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार यसअघि माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको भन्दा उनको तुलनात्मक रुपमा बढी सम्पत्ति रहेको देखिएको छ।

महेन्द्रबहादुर शाही यसअघि ऊर्जामन्त्री बनिसकेका हुन् भने जीवनबहादुर शाही पर्यटनमन्त्री। अहिले दुवैले आलोपालो गरेर कर्णालीको नेतृत्व हाँकेका छन्।

मुख्यमन्त्री जीवनबहादुरको सम्पत्ति विवरण यस्तो छ

सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री शाहीकै नाममा हुम्लामा तीन ठाउँ, बाँकेका दुई ठाउँमा र श्रीमती बसन्तीकुमारी शाहीको नाममा काठमाडौंमा जग्गा रहेको देखिएको छ।

हुम्लाको जग्गा पुर्ख्यौली भएको तथा बाँके र काठमाडौंको जग्गा श्रीमती र आफ्नो जागिर तथा व्यापार व्यवसायबाट प्राप्त गरेको आम्दानीले ३९ लाखमा खरिद गरेको उनले जनाएका छन्।

त्यस्तै, मुख्यमन्त्री शाहीले ५६ तोला सुन र दुई केजी चाँदी, टप, औँठी, नवरत्न रहेको उलेख गरेका छन्। सो सम्पत्ति पुर्ख्यौली सम्पत्ति, जागिर, व्यापार व्यवसायबाट प्राप्त गरिएको उनले उल्लेख गरेका छन्।

 

शाहीले विभिन्न बैंकमा आफ्नो र श्रीमतीको नाममा गरी झण्डै एक करोड २० लाख रुपैयाँ रकम मौज्दात रहेको उल्लेख छन् भने दुई वटा बैंकमा एक करोड ६० लाख बढी ऋण रहेको जनाएका छन्।

शाहीको नाममा चिलिमे हाइड्रोपावरमा २६ सय कित्ता साधारण सेयर रहेको तथा ज्योति विकास बैंकको १० हजार कित्ता संस्थापक सेयर रहेको उल्लेख छ। त्यस्तै, कृषि विकास बैंकको चार सय कित्ता साधारण सेयर रहेको उल्लेख छ।

यसैगरी, मुख्यमन्त्री शाहीले आफूसँग ९५ लाख बराबरको कार रहेको बताएका छन्। यता, चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा २, भेडाबाख्रा ५० वटा रहेको उनले जानकारी दिएका छन्।

पूर्व मुख्यमन्त्री शाहीको सम्पत्ति कति?

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसअघि पदमा रहँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकमा गरी ७ लाख रुपैयाँ रहेको बताएका थिए।

त्यस्तै, अचल सम्पत्तिमा ६ तोला सुन र २ सय तोला चाँदी रहेको बताएका थिए। सुन र चाँदी पुर्ख्यौली सम्पत्ति भएको उनले बताएका थिए। धनबहादुर शाहीको नाममा पचालझरना गाउँपालिका-९ मा एउटा पुर्ख्यौली घर रहेको बताएका छन्।

यसैगरी, अन्दाजी २५ हजार वर्ग किलोमिटरमा फैलिएको अंशबण्डा नभएकै पुर्ख्यौली जग्गा रहेको पनि उनले जानकारी दिएका थिए। त्यस्तै, टीकापुर नगरपालिका कैलालीस्थित मुख्यमन्त्री शाहीकी श्रीमती चन्द्राकुमारी शाहीको नाममा २ लाख रुपैयाँमा खरिद गरेको जग्गा समेत रहेको छ।

 

यस्तै, उनको १५ लाख बराबरको एउटा मारुती कार समेत छ। मुख्यमन्त्री शाहीले ५ हजारको संख्यामा १ लाख बराबरको कुखुरा पालन गरेको तथा २ लाख ५ हजार बराबरको तरकारी उत्पादन गरिरहेको समेत सम्पत्ति विवरणमा उल्लेख गरेका थिए।

उनको नाममा १० लाख बराबरको अक्षयकोष समेत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell