PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

सिटामोलको अभाव अन्त्य गर्न सरकारलाई सर्वोच्चको आदेश, ‘प्रगति विवरणसहित माघ १७ गते हाजिर हुनु’



पहिलोपोस्ट

सिटामोलको अभाव अन्त्य गर्न सरकारलाई सर्वोच्चको आदेश, ‘प्रगति विवरणसहित माघ १७ गते हाजिर हुनु’

काठमाडौँः सर्वोच्च अदालतले अत्यावश्यक औषधि सहज रुपमा उपलब्ध हुने प्रबन्ध गर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

कोभिड संक्रमण जोखिम बढिरहेको अवस्थामा सिटामोल समेत नपाएको भन्दै जनगुनासो बढिरहेको छ। अदालतले सिटामोलसहितका कोभिडको उपचारमा सहयोगी मानिएका अत्यावश्यक ओषधिको प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा आदेश जारी गरेको हो।  

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आदेशमा औषधिको सहज उपलब्धता र वितरण गर्न भनिएको छ। 

इजलासले औषधि सहज व्यवस्थापनका लागि भएका उपलब्धिसहित माघ १७ गते दुबै पक्षलाई छलफलमा उपस्थित हुन पनि आदेश जारी गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell