PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

पाँच पटकको विजेता थ्रीस्टार आहा रारा गोल्डकपबाट बाहिरियो, सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश दिइने



पहिलोपोस्ट

पाँच पटकको विजेता थ्रीस्टार आहा रारा गोल्डकपबाट बाहिरियो, सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश दिइने
फोटोः सुदर्शन रञ्जित

पोखराः त्रिभुवन आर्मी क्लब २०औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा थ्रीस्टारलाई पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो।

थ्रीस्टारलाई आर्मीले १-० गोलअन्तरले पराजित गरेको हो।

पहिलो हाफसम्म बराबरीमा सकिएको खेलको ७०औँ मिनेटमा आर्मीले निर्णायक गोल गरेको थियो। आर्मीका लागि राजीव गुरुङले गोल गरे। खेलको म्यान अफ दि म्याच पनि राजीव चुनिए।

आर्मीसँग पराजित भएसँगै आहा राराको पाँच पटकको उपाधि विजेता थ्रीस्टार प्रतियोगिताबाट बाहिरिएको छ। आर्मीले अब मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश

प्रतियोगिताको आयोजक सहारा क्लबले सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश दिने जनाएको छ। मंगलबार सूचना जारी गर्दै सहाराले सेमिफाइनल र फाइनल खेलमा दर्शकलाई प्रवेश दिने जानकारी दिएको हो।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर एक तिहाइ दर्शकलाई मात्र खेल हेर्न अनुमति दिइने सहाराले जनाएको छ।

पोखरा रंगशालाको सिट क्षमता १६ हजार बढी रहेको छ। क्लबले टिकटको मूल्य ३ सय तोकेको छ। दर्शकले अनिवार्य रुपमा कोरोना खोप कार्ड ल्याउनुपर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell