PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने

हेटौँडाः राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ। बुधबार हुने निर्वाचन प्रक्रियामै उक्त दल सहभागी नहुने भएको हो।

पार्टी संसदीय दलको मंगलबारको बैठकले मतदानमा सहभागी नहुने निर्णय गरेको हो। विवेकशील साझाका वाग्मती प्रदेश सभामा ३ जना सदस्य छन्।

आफैँले उम्मेद्वार नउठाएको विवेकशीलले अन्य उम्मेदवार पनि उपयुक्त नभएको भन्दै मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए।

दलले राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा समेत मतदान गरेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell