PahiloPost

Jun 24, 2026 | १० असार २०८३

राष्ट्रियसभा निर्वाचनः गण्डकीमा तयारी पूरा, कोरोना संक्रमित मतदातालाई बेग्लै व्यवस्था



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचनः गण्डकीमा तयारी पूरा, कोरोना संक्रमित मतदातालाई बेग्लै व्यवस्था

पोखराः गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। कोरोना महामारीबीच बुधबार हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय गण्डकीको भवनमा बुथ निर्माणलगायतका कार्य सकिएको छ।

मतदान बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म हुँदैछ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। कोरोना संक्रमित मतदाताका लागि पनि बेग्लै बुथ निर्माण गरिएको न्यौपानेले जानकारी दिए।

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट रिक्त ३ पदमा ६ जना उम्मेद्वार प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell