जनकपुरधामः अख्तियार दुरूपयोग अनुसन्धान अनुसन्धान आयोगको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ। प्राप्त उजुरीका आधारमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइएको आयोग बर्दिबासका सूचना अधिकारी मनिराम ज्ञावालीले जानकारी दिए।
गाउँपालिकाविरुद्ध ३२ वटा उजुरी परेका छन्।
जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको लगायतका उजुरी अख्तियारमा परेका छन्।