A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6aa21675049361.34925818): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6aa21675049361.34925818,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

घोडाहाको जंगलमा भेटिएको शवको पहिचान हुन सकेन, प्रहरी भन्छ, ‘घाँटी रेटेर हत्या’
PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

घोडाहाको जंगलमा भेटिएको शवको पहिचान हुन सकेन, प्रहरी भन्छ, ‘घाँटी रेटेर हत्या’



रमेश पराजुली

घोडाहाको जंगलमा भेटिएको शवको पहिचान हुन सकेन, प्रहरी भन्छ, ‘घाँटी रेटेर हत्या’

बुटवलः रूपन्देहीको देवदह नगरपालिक –९ घोडाहास्थित जंगलमा एक महिला र बालिकाको शव फेला परेको छ। घटनास्थल नजिकै अन्य कुनै प्रमाण फेला नपरेकाले शव पहिचान नभएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको बताए। घटनाको प्रारम्भिक अनुसन्धानले घाँटी रेटेर हत्या गरेको देखिएको केसीले बताए।

घोडाहास्थित पूर्वपश्चिम राजमार्गबाट २५ मिटर भित्र जंगलमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा अन्जादी ३० वर्षीय महिला र ७ वर्षीया बालिकाको शव भेटिएको हो।

‘शव भेटिएको स्थानमा अन्य कुनै सामान छैन । शवको पहिचान गर्न समस्या भएको छ’, डिएसपी केसीले भने।

हत्या गरेर जंगलमा शव फालिएकाले घटना शंकास्पद रहेको प्रहरीको भनाई छ। १०÷१२ घण्टाअघि मात्र हत्या गरेर शव फालिएको हुनसक्ने प्रहरीको अनुमान छ।

मंगलबार बिहान ११ बजेतिर स्थानीयले झाडीमा महिला र बच्चा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनीहरु आमाछोरी हुनसक्ने प्रहरीको अनुमान छ। शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell