PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हेटौंडामा पानी परेपछि यस्तो देखियो मतदानस्थलको दृश्य, मुख्यमन्त्रीदेखि मेयरसम्म छाता ओढेर पुगे मत खसाल्न

हेटौंडामा पानी परेपछि यस्तो देखियो मतदानस्थलको दृश्य, मुख्यमन्त्रीदेखि मेयरसम्म छाता ओढेर पुगे मत खसाल्न

निशा गुरुङ/पहिलोपोस्ट


हेटौँडा : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान शुरु भएको छ। मतदानका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख तथा उपप्रमुख बिहानैबाट हेटौँडा-९ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभाहलमा लामबद्ध भएका थिए। पानी परेपछि भने मतदाताहरुको लाइन बिथोलियो।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेदेखि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसम्म छाता ओढेर मत खसाल्न पुगेका थिए। त्यस्तै पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, वाग्मती सरकारका मन्त्रीहरु पनि छाता ओढेर मतदानस्थल पुगेका थिए।

वाग्मतीमा महिलातर्फ एक जना र अन्यतर्फ एक जना गरी २ पदका लागि निर्वाचन हुँदैछ। २ सदस्यका लागि ६ जनाको उम्मेद्वारी परेको छ।

एमालेबाट महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर र अन्यतर्फ ललितपुरका गोपाल शाक्य छन्। त्यस्तै, गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलातर्फ एकीकृत समाजवादीकी गोमा तिमिल्सिना उम्मेद्वार छन्। नेपाल मजदुर किसान पार्टीबाट अन्यतर्फ कृष्णबहादुर तामाङ र महिलातर्फ गीता काफ्लेले पनि उम्मेद्वारी दिएका छन्।

वाग्मती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा १०९ प्रदेशसभा सदस्य तथा ११९ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्नेछन्। प्रदेशमा १०९ प्रदेशसभा सदस्य र ११९ स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३४६ जना मतदाता रहेका छन्।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुन्छ। जसअनुसार निर्वाचनमा १०९ प्रदेशसभा सदस्यको पाँच हजार २३२ मतभार छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुखको चार हजार २६६ मतभार छ। प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार छ।



ट्रेन्डिङ पोस्ट

Ncell