PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

फिल्म ‘मिस्टर एण्ड मिसेस माही’ जान्हवी कपुर क्रिकेटरको भूमिकामा



पहिलोपोस्ट

फिल्म ‘मिस्टर एण्ड मिसेस माही’ जान्हवी कपुर क्रिकेटरको भूमिकामा

गत नोभेम्बरमा बलिउड फिल्म ‘मिस्टर एण्ड मिसेस माही’ को घोषणा गरिएको थियो। फिल्मको घोषणा भएसँगै क्रिकेटमा आधारित यस फिल्मबारे दर्शकहरुको निकै चासो थियो।

यसैबिच फिल्मको छायाङ्कन सेटको फोटोहरु सार्वजनिक भएका छन्। अभिनेत्री जान्हवी कपुरले फिल्म सेटका केही तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छिन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Janhvi Kapoor (@janhvikapoor)

जसमा जान्हवीलाई क्रिकेट ड्रेस र हेलमेट लगाएको देख्न सकिन्छ। साथमा क्रिकेटर दिनेश कार्तिकले प्रशिक्षण दिइरहेका छन्। क्रिकेट क्याम्पमा उनी क्रिकेटको कडा प्रशिक्षण लिइरहेको देखिन्छ। 

फिल्ममा जान्हवीका साथै अभिनेता राजकुमार रावको समेत मुख्य भूमिका रहेको छ। यस फिल्ममा राजकुमारसँग जान्हवीको दोस्रो सहकार्य हो। यसअघि उनीहरु हरर कमेडी जनराको फिल्म ‘रूही’ मा देखिसकेका छन्।

निखिल मल्होत्रा ​​र शरण शर्माको लेखन रहेको फिल्मलाई धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो। शरण शर्माको निर्देशन रहेको यो फिल्म ७ अक्टोबर २०२२ मा हलमा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell