PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपाल सुपर लिगमा तीन नयाँ टिम, दोस्रो संस्करण चैत २६ बाट सुरु



पहिलोपोस्ट

नेपाल सुपर लिगमा तीन नयाँ टिम, दोस्रो संस्करण चैत २६ बाट सुरु
फाइल फोटो

काठमाडौं: फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैतको २६ गतेबाट जेठ ७ गतेसम्म आयोजना हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभण्ट म्यानेजमेन्टले आज एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। पहिलो संस्करण बन्द रंगशालामा आयोजना गरे पनि दोस्रो संस्करणमा रंगशालामा दर्शकसहितको प्रतियोगिता गर्ने आयोजकको विश्वास छ।

त्यस्तै प्रतियोगिता दुईवटा शहरमा गर्ने योजना छ। जसअनुरुप सुरुवाती खेलहरु पोखरा र पछिल्ला खेलहरु काठमाडौंमा गरिने आयोजकको तयारी छ। त्यस्तै दोस्रो सिजनबाट टिमको संख्या समेत थप्ने तयारी छ। पहिलो संस्करणमा सात टोली रहेकोमा यसपाला तीन टोली थप्दै कुल १० टिम बनाउने तयारी आयोजकको छ।

एनएसएलको पहिलो संस्करणसँगै नेपाली फुटबलमा पहिलो पटक फ्रेन्चाइज लिग सम्पन्न भयो। अक्सनमा अक्सर क्रिकेटरहरु देखिने गरेकोमा पहिलो पटक फुटबलका खेलाडीहरु देखिए। २० हजारदेखि २ लाख हुँदै खेलाडीहरुले राम्रै पैसा पनि पाए। त्यस्तै विदेशी खेलाडीका रुपमा अफ्रिकाभन्दा बाहिरबाट पनि खेलाडीहरु नेपाल आए। अर्थात युरोपका खेलाडीको खेल कौशल पनि दशरथ रंगशालामा देख्ने अवसर मिल्यो। भलै कोरोनाका कारण दशरथ रंगशालामा दर्शकहरुको उपस्थिति निषेध थियो। दर्शक निषेध गरिए पनि पहिलो संस्करणमै सुपर लिगले नेपाली फुटबल वृत्तमा राम्रै चर्चा कमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell