
धनगढी : राष्ट्रिय सभा सदस्यमा महिलातर्फ सुदूरपश्चिमबाट गठबन्धनकी उम्मेदवार गरिमा शाह विजयी भएकी छिन्।
प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १९६२ मतभार पाएर शाह निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छिन्। खसेको मध्ये तीन मत बदर भएको छ।