PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

थपिए ८ हजार ४ सय ५४ नयाँ संक्रमित, परीक्षण गरेका मध्ये ४० प्रतिशत माथिमा पोजेटिभ



पहिलोपोस्ट

थपिए ८ हजार ४ सय ५४ नयाँ संक्रमित, परीक्षण गरेका मध्ये ४० प्रतिशत माथिमा पोजेटिभ

काठमाडौं : पछिल्लो २४ घन्टामा ८ हजार ४ सय ५४ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ। २० हजार ३ सय ५९ जनामा परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ रिपोर्ट देखिएको हो। 

कूल परीक्षणमध्ये ४० प्रतिशतमाथि संक्रमित देखिएकाले अझै पनि जोखिम रहेको मन्त्रालयले जनाएको छ।

यस बिचमा ५ जनाले संक्रमणकै क्रममा ज्यान गुमाएका छन्। आज थपिएका संक्रमितको संख्यासँगै सक्रिय संक्रमितको संख्या  नेपालमा ९० हजार ६७ पुगेको छ।

आज निको हुने संक्रमितको संख्या पनि बढेको छ। ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज १३ हजार ५ सय ४९ जनामा आरटी पीसीआर र ६ हजार ८ सय १० जनामा एन्टीजेनबाट परीक्षण गरिएको थियो। यस अवधिमा २ लाख ५६ हजार ४ सय १६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell