PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ए डिभिजन लिगको लिडर मछिन्द्रलाई हराउँदै एपीएफ आहा रारा गोल्डकपको फाइनलमा



पहिलोपोस्ट

ए डिभिजन लिगको लिडर मछिन्द्रलाई हराउँदै एपीएफ आहा रारा गोल्डकपको फाइनलमा
तस्बिर: सुदर्शन रञ्जित

पोखरा: पोखरामा जारी २० औं आहा रारा गोल्डकपमा विभागीय टोली एपीएफ फाइनलमा पुगेको छ। बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता एवम अहिलेको लिग लिडर मछिन्द्र क्लबलाई ३-१ गोलअन्तरले हराउँदै एपीएफ १४ वर्षपछि फाइनलमा पुगेको हो। यसअघि ०६४ सालमा एपीएफले प्रतियोगिताको फाइनल खेलेको थियो।

पहिलो हाफको २५ औं मिनेटमा एपिएफले खेलमा अग्रता लिएको थियो। जसका लागि सनिश श्रेष्ठले गोल गरे। तर, खेलको ४० औं मिनेटमा मछिन्द्र खेलमा फर्कन सफल भयो। ओमोलाजा करिमले मछिन्द्रका लागि गोल गर्दा पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा एपीएफले फेरि खेलमा अग्रता बनायो। खेलको ६९ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाएका थिए। त्यस्तै खेलको इन्जुरी समयमा कप्तान नविन लामाले गोल थप्दा एपीएफले ३-१ गोलअन्तरले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। खेलमा म्यान अफ दि म्याच प्रदिप लामा चुनिएका छन्। 

एपीएफले फाइनलमा मनाङ मर्स्याङदी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell