PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

वाग्मतीमा गठबन्धनका उम्मेदवारद्वय तिमल्सिना र पौडेलको जित



पहिलोपोस्ट

वाग्मतीमा गठबन्धनका उम्मेदवारद्वय तिमल्सिना र पौडेलको जित

हेटौँडा : वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेद्वारद्वय गोमादेवी तिमल्सिना र कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्।

वाग्मतीमा महिलातर्फ एक जना र अन्यतर्फ एक जना गरी २ पदका लागि निर्वाचन भएको हो। २ सदस्यका लागि ६ जनाको उम्मेद्वारी परेको थियो।

महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरिन्। त्यस्तै, नेमकिपाका महिला उम्मेदवार गीता काफ्लले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यसैगरी, अन्य सदस्य तर्फ गठबन्धनका उम्मेदवार कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन्। उनका निकटतम एमालेका उम्मेदवार गोपाल शाक्यले ४ सय ३ सय ४४ मतभार प्राप्त गरे। नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरे।

राष्ट्रिय सभा सदस्य वागमती प्रदेश अन्तर्गतका २ सदस्यको ४ वर्षीय कार्यकाल यही फागुनमा सकिने हुँदा निर्वाचन भएको हो। निर्वाचनमा प्रदेशका १ सय ९ सांसद र १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell