
कैलाली : राष्ट्रिय सभा सदस्यमा सुदूर पश्चिम प्रदेशबाट कैलालीका नारायणदत्त मिश्र पनि विजयी भएका छन्। गठबन्धनका उम्मेदवार रहेका मिश्रले १ सय ४३ मत ल्याएर जित निकालेका हुन्। उनी सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मतमात्रै प्राप्त गरेका छन्।
यसअघि जगत पार्की र गरिमा शाहले गठबन्धनकै तर्फबाट जित निकालिसकेका छन्।