PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गण्डकीमा पनि फ्लोर क्रस, जित चाहिँ गठबन्धनकै



पहिलोपोस्ट

गण्डकीमा पनि फ्लोर क्रस, जित चाहिँ गठबन्धनकै

पोखरा : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज गण्डकीमा भएको निर्वाचनमा गठबन्धनका सात जनाले एमालेका उम्मेदवारलाई मतदान गरेको खुलेको छ। महिलातर्फको मतगणना गर्दा गठबन्धनका सात जनाले एमालेलाई मतदान गरेको खुलेको हो।

गण्डकीमा नेपाली कांग्रेसको १५, नेकपा (माओवादी केन्द्र) १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका २/२ र १ स्वतन्त्रत सांसद गरी गठबन्धनको ३२ सांसद छन्। यता नेकपा (एमाले)को २७ सांसद छन्।

महिला तर्फको गणना हुँदा दुवै उम्मेदवारले २९/२९ मत पाएका छन्। एक मतपत्र खाली छ। यता, स्थानीय तहमा गठबन्धनले ९४ मत पाएको छ भने एमालेले ७४ मत प्राप्त गरेको छ। मत क्रस भए पनि गठबन्धनबाट कमला पन्त विजयी भएकी छिन्।

यस्तै, दलिततर्फ प्रदेश सभाबाट गठबन्धनले २९ मत पाएको छ। एमालेले पनि २९ मत नै पाएको छ। यस क्लस्टरमा पनि एक मतपत्र खाली छ। यस्तै, स्थानीय तहमा एमाले ७४ मत पाएको छ भने गठबन्धनले ९२ मत पाएको छ। दलिततर्फबाट भुवन सुनार विजयी भएका छन्।

अन्यमा प्रदेशबाट एमालेले २८ मत पाएको छ भने गठबन्धनले ३० मत प्राप्त गरेको छ। यस क्लस्टरमा पनि एक मतपत्र खाली छ। स्थानीय तहमा एमाले ७५ मत पाएको छ भने ९२ मत गठबन्धनले प्राप्त गरेको छ। र, सुरेश आले मगर विजयी भएका छन्।

प्रदेश १ मा फ्लोर क्रस हुँदा एमालेका सोनाम ग्याल्जेन शेर्पाले जित निकाल्न सफल भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell