PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पुनीत राजकुमार अभिनीत अन्तिम फिल्म 'जेम्स' को पोस्टर सार्वजनिक



पहिलोपोस्ट

पुनीत राजकुमार अभिनीत अन्तिम फिल्म 'जेम्स' को पोस्टर सार्वजनिक

दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको अन्तिम फिल्म ‘जेम्स’ को पोस्टर सार्वजनिक भएको छ। गणतन्त्र दिवसको अवसर पारेर पुनीत कुमार अभिनित कन्नड फिल्म ‘जेम्स’ को पोस्टर सार्वजनिक गरिएको हो।

फिल्म ‘जेम्स’ को अफिसियल पोस्टर यस फिल्मका निर्देशक चेतनकुमारले ट्विटरमा सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा पुनीत सेनाको पोशाकमा देखिएका छन्। साथै पृष्ठभूमिमा युद्धको दृश्यहरु देख्न सकिन्छ।

फिल्मको पोस्टर सार्वजनिक भएसँगै उनका फ्यानहरु भावुक बनेका छन्। पुनीतलाई याद गर्दैँ फ्यानहरुले यो संसारमा नभए पनि अप्पु सधैँ मनमा रहिरहने भन्दै ट्विट गरेका छन्। पुनीत फ्यानहरु माझ 'अप्पु' नामले परिचित छन्।  १७ मार्च २०२२ मा रिलिज हुने देशभक्तिले भरिपूर्ण फिल्मलाई हेर्न उनका फ्यानहरु निकै उत्साहित छन्।

पुनीत कुमारको गत २९ अक्टोबरमा हृदयघातका कारण निधन भएको थियो। बेंग्लोरको विक्रम अस्पतालमा उपचारकै क्रममा उनको ४६ वर्षको उमेरमा मृत्यु भएको थियो।

पुनीत चर्चित अभिनेता राजकुमारका छोरा हुन्। बाल कलाकारबाट कलाकारिता सुरु गरेका उनी ‘अप्पु’, ‘राम’, ‘भिरा कन्नडिगा’, ‘अजय’, ‘मिलाना’, ‘अनजनी पुत्र’ लगायतका फिल्महरुमा देखिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell